निर्देशक भंसालीले भने- रणवीर र दीपिकाको जोडी सलमान-ऐश्वर्याको जस्तो

६ वर्षदेखि प्रेमसम्बन्धमा रहेका दीपिका पादुकोण र रणवीर सिंह १४ नोबेम्बरमा विवाह गर्दैछन् । यी जोडीलाई बलिउडका चर्चित निर्देशक संजय लीला भंसालीले सलमान र ऐश्वर्याको जस्तै मायालु र निकै चर्चित जोडी बताएका छन् ।

भारतीय सञ्चार माध्यमसँगको अन्तरवार्ताको क्रममा उनले भने, ‘मेरो रणवीरसँग निकै लगाव छ । उनी राम्रो अभिनेता हुन् । मेरो जीवनमा रणवीरले खेलेका ‘राम लीला’ र ‘बाजिराब’को भूमिका धेरै खास छ । रणवीर र दीपिकाको जोडीमा म उही जमानाको सलमान र एेश्वर्याको ‘केमेष्ट्री’ देख्छु ।’एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री