शुक्रबार, ७ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सले तय गर्यो बुक क्लोज मिति

समयपोष्ट २०७५ कार्तिक १५ गते ५:१७

एभरेष्ट इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले संस्थापक समूहको हकप्रद निष्काशनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने भएको हो । जसअनुसार कात्तिक २६ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

Advertisement

कम्पनीले बीमा समतिको निर्देशन अनुसार हाल सबै साधारण शेयर मात्र रहेको कम्पनीले संस्थापक शेयर हिस्सा ५१ प्रतिशत कायम गर्न १०५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले १ बराबर १.०५ अनुपात अर्थात चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँको १०५ प्रतिशतले हुन आउने १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको संस्थापक हकप्रद प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । संस्थापक हकप्रदपछि इन्स्योरेन्सको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री