बुधबार, २९ असोज २०८२

आज काठमाडौंका यी स्थानमा बिद्युत सेवा बन्द

समयपोष्ट २०८१ मंसिर १५ गते ७:५१

Advertisement

नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र मातहतका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले प्रकाशित सूचना अनुसार बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका क्षेत्रहरूमा मर्मत तथा केवल लाइन विस्तारको कामका लागि विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको छ।

विद्युत् कटौती आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। मर्मतकार्यका क्रममा हुने असुविधाप्रति प्राधिकरणले ग्राहकहरूसँग माफी माग्दै, वैकल्पिक उपायको व्यवस्था गर्न आग्रह गरेको छ।

विद्युत् प्राधिकरणका अनुसार सेवा सुधार र आगामी दिनमा थप स्थायित्व कायम गर्नका लागि यस्तो मर्मत कार्य अत्यावश्यक भएको हो। प्रभावित स्थानका स्थानीय बासिन्दालाई आवश्यक तयारी गर्न सूचित गरिएको छ।

Advertisement

सम्बन्धित जानकारीका लागि प्राधिकरणको स्थानीय वितरण केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री