बुधबार, ३२ असार २०८२

नेपालमा जिकर एक्स: प्रिमियम इलेक्ट्रिक एसयूभीको अनुभव

समयपोष्ट २०८१ मंसिर ५ गते २१:२३

Advertisement

नेपाली बजारमा “जिकर एक्स” नामक प्रिमियम कम्प्याक्ट एसयूभीले इलेक्ट्रिक गाडीको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउन डिजाइन गरिएको यो गाडीले आधुनिक प्रविधि, आकर्षक डिजाइन, र उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ।

जिकर एक्सको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित छ, जसले यसलाई सौन्दर्य र कार्यक्षमतामा उत्कृष्ट बनाएको छ। २७५० मिलिमिटरको ह्विलबेस र ४४३२ मिलिमिटरको लम्बाइसहितको यो गाडी सहरी सडकका लागि उपयुक्त साइजमा तयार गरिएको छ। ढोकाको ‘फ्रेमलेस’ डिजाइन, ‘विन्डो सिलिङ स्ट्रिप्स’ जस्ता विशेषताले गाडीलाई सरलता, आधुनिकता र सौन्दर्य प्रदान गरेको छ।

यो गाडीमा ६६ किलोवाट आवरको लिथियम-आयोन ब्याट्री रहेको छ, जसले लामो रेन्जका लागि ‘एनएमसि सेल’ प्रयोग गर्दछ। लङ रेन्ज मोडलमा २०० किलोवाट (२७२ हर्सपावर) क्षमताको मोटर रहेको छ, जसले गाडीलाई मात्र ५.६ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गतिमा पु¥याउन सक्षम बनाउँछ।

ड्राइभिङ अनुभवलाई सुरक्षित र अत्याधुनिक बनाउन “इन्टेलिजेन्ट ककपिट”को सुविधा उपलब्ध छ। यसमा १४.६ इन्चको एचडि टचस्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, र २४.३ इन्चको अगमेन्टेड रियालिटी हेड-अप डिस्प्ले छ। अगमेन्टेड रियालिटी प्रणालीले गाडीको गति, नेभिगेसन निर्देशन, र एडास वार्निङलाई सिधै अगाडीको विन्डस्क्रिनमा प्रोजेक्ट गरेर चालकलाई थप सहज बनाउँछ।

Advertisement

जिकर एक्स, जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) मा निर्मित छ। गाडीको संरचना ७३% ‘हाइ-स्ट्रेन्थ स्टिल’ले बनेको छ, जसले तौल घटाउँदै उच्च संरचनात्मक सुरक्षा सुनिश्चित गर्दछ।

पायोनियर मोटो कर्पले जिकर एक्सलाई नेपाली बजारमा प्रस्तुत गर्दै ईभी पारखी र ग्राहकहरूलाई यस गाडीको आधुनिक डिजाइन, प्रविधि, र व्यावहारिकताको अनुभव लिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री