सोमबार, १० कार्तिक २०८२

मेटलाइफ फाउन्डेसनद्धारा नेपालमा सामुदायिक प्रभाव अनुदान कार्यक्रम विस्तार

समयपोष्ट २०८१ मंसिर ३ गते १२:२९

Advertisement

मेटलाइफ फाउन्डेसनले आफ्नो सामुदायिक प्रभाव अनुदान कार्यक्रम (CIGP) नेपालमा विस्तार गर्दै स्थानीय समुदायका गम्भीर समस्याहरू समाधान गर्न तीन गैर–नाफामूलक संस्थाहरूसँग सहकार्य गर्ने घोषणा गरेको छ।

भोकमरी राहत, पोषण, शारीरिक र मानसिक स्वास्थ्य, तथा वातावरणीय दिगोपनका क्षेत्रमा क्रियाशील यी संस्थाहरूले संयुक्त रूपमा १६,००० भन्दा बढी मानिसलाई लाभान्वित गर्ने लक्ष्य राखेका छन्।

उदयपुरको बेलाकामा खाद्य सुरक्षा र पोषण सुधार गर्न एक्शन अगेन्स्ट हंगरले अमेरिकी डलर १,००,००० अनुदान प्राप्त गरेको छ। परियोजना ५,००० मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले पोषण स्क्रिनिङ, शिक्षा, र परामर्शमार्फत महिलाहरूलाई सशक्त बनाउँदै स्वस्थ आहार र व्यवहार परिवर्तनलाई प्रोत्साहन गर्नेछ।

महिलाहरूलाई भूमि र आवासमा पहुँच सुनिश्चित गर्न सशक्तिकरण गर्ने परियोजनाका लागि निवासले अमेरिकी डलर ८८,००० प्राप्त गरेको छ। यस कार्यक्रमले १०,००० मानिसहरूको शारीरिक, मानसिक स्वास्थ्यमा सुधार ल्याउन र महिला तथा बालबालिकाको उत्थान गर्न योगदान पुर्याउनेछ।

Advertisement

सोलुचामले “अवेक” नामक परियोजनाका लागि अमेरिकी डलर ५०,००० प्राप्त गरेको छ। हिमाली क्षेत्र सोलुखुम्बुमा कार्यरत यो परियोजनाले १,००० अल्पसंख्यक युवाहरूलाई वातावरणीय दिगोपनसम्बन्धी प्रशिक्षण प्रदान गर्दै वातावरणीय सचेतना बढाउने उद्देश्य लिएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार, यी प्रयासहरूले ग्रामीण समुदायलाई उज्यालो र दिगो भविष्यतर्फ डोर्‍याउने छन्। उनले भने, “महिलाहरूलाई सशक्त पार्दै, पोषण सुधार गर्दै, र वातावरणीय दिगोपनमा जोड दिएर, यी परियोजनाहरूले समाजलाई बलियो बनाउनेछन्। यसले नयाँ पुस्तालाई आत्मविश्वास र आशाका साथ नेतृत्व गर्न सुसज्जित बनाउनेछ।”

मेटलाइफ फाउन्डेसनले आर्थिक असक्षमता भएका समुदायको आर्थिक स्वस्थता वृद्धिका लागि १९७६ देखि विश्वभरका संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। सन् २०२० को अन्त्यसम्म, संस्थाले ९० करोड अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गर्दै ठोस सामुदायिक प्रभाव सुनिश्चित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री