प्रभु इन्स्योरेन्स कम्पनीको नाफा वृद्धि
प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले नाफा वृद्धि भएको भएता पनि कुल र खुद बीमाशुल्क आर्जनमा कमी आएको देखिन्छ।
कम्पनीले पहिलो त्रैमासमा ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ करोड ६ लाख ७२ हजार रुपैयाँको तुलनामा १० प्रतिशतको वृद्धि हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको छ, र स्पेसल रिजर्भमा १ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङमा २५ करोड ६९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा स्पेसल रिजर्भ र महाविपत्ती कोषमा वृद्धि देखिएको छ भने रिटेन्ड अर्निङमा थोरै कमी आएको छ।
समीक्षा अवधिमा कम्पनीले २६ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४४ करोड ३३ लाख रुपैयाँको तुलनामा ३९ प्रतिशतको गिरावट हो। कम्पनीको खुद बीमाशुल्क आर्जन ११ करोड ९४ लाख रुपैयाँ भएको छ, जुन अघिल्लो वर्षको १२ करोड ९५ लाख रुपैयाँको तुलनामा ७ प्रतिशतले घटेको हो।
कम्पनीले पुनर्बीमा मार्फत १४ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३१ करोड ३८ लाख थियो। यस्तै, अभिकर्ता कमिशनमा ३९ लाख १५ हजार रुपैयाँ खर्च गरिएको छ, जुन अघिल्लो वर्षको ८१ लाख १६ हजार रुपैयाँको तुलनामा कम भएको हो।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ५४ पैसा रहेको छ, र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ। कम्पनीको पीई रेसियो ६४ गुणा र सोल्भेन्सी रेसियो १ दशमलव ९४ प्रतिशत रहेको छ।
प्रतिक्रिया