मंगलबार, ६ साउन २०८२

पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले कमायो ७ करोड ४ लाख

समयपोष्ट २०८१ कार्तिक ३० गते १४:५८

नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफामा गिरावट आएको भए पनि अन्य प्रमुख सूचकमा वृद्धि देखिएको छ।

कम्पनीले पहिलो त्रैमासमा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ करोड ८० लाख ४३ हजार रुपैयाँसँग तुलना गर्दा १९ प्रतिशतको गिरावट दर्शाउँछ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको शेयर पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब १३ करोड ३० लाख, रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख र अन्य इक्विटीमा ५७ करोड ५ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४९ करोड २ लाखसँग तुलना गर्दा २.९६ प्रतिशतको वृद्धि देखिन्छ। कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जसमा ३.१२ प्रतिशतको वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा २१ करोड ३३ लाख खर्च गरिएको थियो। समीक्षामा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ११ लाख खर्च गरेको छ, जुन अघिल्लो वर्षको १ करोड २६ लाख भन्दा कम हो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ०१ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ८१ पैसा छ, र पीई रेसियो ६७.३९ गुणा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो ३.३२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री