सानिमा रिलायन्स लाइफको नाफामा १९.९३ प्रतिशत वृद्धि
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ करोड ८ लाख रुपैयाँ नाफासँग तुलना गर्दा १९.९३ प्रतिशतको वृद्धि देखिन्छ।
कम्पनीले यस अवधिमा १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो, जसमा ३.२७ प्रतिशतको वृद्धि भएको हो। यसै गरी, कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४३ करोड २६ लाख रुपैयाँसँग तुलना गर्दा ४.९६ प्रतिशतको वृद्धि भएको हो।
कम्पनीको चुक्तापुँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ रहेको छ, र जीवन बीमा कोष १६ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा जीवन बीमा कोष १४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ थियो, जसको आकार ८.६३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोष १२ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४१ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोष १२ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ८९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.७४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १०.६० रुपैयाँसँग तुलना गर्दा वृद्धि देखिन्छ। कम्पनीको पीई रेसियो ४३.६६ गुणा रहेको छ, र प्रति शेयर नेटवर्थ ११२.४१ रुपैयाँ रहेको छ।
प्रतिक्रिया