रिलायबल नेपाल लाइफको नाफामा ६६.९९ प्रतिशत वृद्धि
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले ४ अर्ब ६४ करोड रुपैयाँको शेयर पूँजीसँग १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो, जसको तुलनामा कम्पनीको नाफामा ६६.९९ प्रतिशतको वृद्धि देखिएको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ। कम्पनीको महाविपत्तीकोषमा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९१ करोड ३८ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोष ८ अर्ब रुपैयाँ थियो, जुन चालू आर्थिक वर्षको असोज मसान्तसम्म १० अर्ब ८३ करोड रुपैयाँ पुगेर ३५.३५ प्रतिशतको वृद्धि भएको हो।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.०० प्रतिशतले वृद्धि भएको हो। पुनर्बीमा मार्फत ८ करोड ६६ लाख रुपैयाँ खर्चिएको छ। कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा २०.११ प्रतिशतले वृद्धि भएको हो।
समिक्षा अवधिमा कम्पनीले १२ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन खर्च गरेको छ। बीमा पोलिसी धितोमा राखी ४२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको तुलनामा २९.२५ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको प्रतिशेयर आम्दानी १७.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६२.९९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया