एशियन लाइफको नाफामा ४२.०७ प्रतिशत वृद्धि
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले ३ अर्ब ३९ करोड रुपैयाँको शेयर पूँजीसँग १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो, जसको तुलना गर्दा कम्पनीको नाफामा ४२.०७ प्रतिशतको वृद्धि देखिएको छ।
कम्पनीको महाविपत्तीकोषमा २४ करोड ५ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोष ३९ अर्ब ९ करोड रुपैयाँ थियो, जुन चालू आर्थिक वर्षको असोज मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा जीवन बीमाकोषको आकार ११.५२ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६१ प्रतिशतले वृद्धि भएको हो। पुनर्बीमा मार्फत १ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ भने, कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १२.२३ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले समिक्षा अवधिमा १७ करोड १९ लाख रुपैयाँ अभिकर्ता कमिशन खर्च गरेको छ। बीमा पोलिसी धितोमा राखी ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत वर्षको तुलनामा १.६९ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको प्रतिशेयर आम्दानी १५.६४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३.११ रुपैयाँ रहेको छ।
प्रतिक्रिया