सोमबार, १० कार्तिक २०८२

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा २३ प्रतिशतले वृद्धि

समयपोष्ट २०८१ कार्तिक ३० गते ११:०९

Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको अधिकांश वित्तीय सूचकमा वृद्धि भएको देखिएको छ। कम्पनीले पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ५ करोड ३४ लाख ९० हजार रुपैयाँको नाफाको तुलनामा २३ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीले ७५ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५४ करोड ७ लाख रुपैयाँको तुलनामा बढी हो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १९ करोड २५ लाख रुपैयाँको तुलनामा १९३ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले पुनर्बीमा खर्च १९ करोड २ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ३४ करोड ८१ लाख रुपैयाँको तुलनामा घटेको हो। यसैगरी, अभिकर्ता कमिशनमा खर्च ९४ लाख ९९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको १ करोड ३० लाख रुपैयाँको तुलनामा कम हो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) १० रुपैयाँ ५९ पैसा छ, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४१ पैसा रहेको छ, र सोल्भेन्सी रेसियो ३.२४ प्रतिशत रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री