मंगलबार, ६ साउन २०८२

शिखर इन्स्योरेन्सले कमायो ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा

समयपोष्ट २०८१ कार्तिक ३० गते ७:३९

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले हालसम्म ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्कमा १.५७ प्रतिशतले वृद्धि भएको छ, जबकि कुल आम्दानीमा १.८८ प्रतिशतले कमी आएको छ। कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशतले बढेको छ भने कुल खर्चमा ३.१७ प्रतिशतको कमी आएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ, जुन ४३ पैसाले वृद्धि हो। असोज मसान्तसम्ममा कम्पनीको मूल्य-आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ।

शिखर इन्स्योरेन्सको हाल २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। कम्पनीले विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ, र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित गरेको छ।

कम्पनीले आर्थिक सुधारसँगै वित्तीय सूचकहरूमा क्रमिक प्रगति देखाउँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री