मंगलबार, ६ साउन २०८२

मेट लाइफको खुद नाफा बढ्यो

समयपोष्ट २०८१ कार्तिक २९ गते ९:५६

मेट अमेरिकन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवको पहिलो त्रैमाससम्म १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आर्जन ४ दशमलव ५९ प्रतिशत वृद्धि भएको हो।

गत आवको असोज मसान्तसम्ममा २ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीको चालू आवको यसै अवधिमा बढेर २ अर्ब ९ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ९५ करोड रुपैयाँ थियो। चालू आवको यसै समयमा उक्त रकम ११ दशमलव ३१ प्रतिशतले वृद्धि भएर २६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ५० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री