आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १९% ले वृद्धि
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १९.४९ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ३५ करोड २ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५६ करोड ५४ लाख रहेको छ । महाविपत्ती कोषमा ८ करोड ३५ लाख रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्मा स्पेसल रिजर्भमा १ अर्ब ७१ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ३२ करोड ३४ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा भने ५१ करोड १९ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा ८ करोड ५ लाख रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३ दशमलव ३० प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३३ करोड ९३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३५ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ४४ लाख खर्चिएको थियो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ। पीई रेसियो ७७.३० गुणा रहेको छ ।
प्रतिक्रिया