बिहीबार, ८ साउन २०८२

शिवम् सिमेन्ट्सको खुद नाफा बढ्यो

समयपोष्ट २०८१ कार्तिक २९ गते ९:११

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो।

आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३९.२१ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशत घटेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री