मंगलबार, ६ साउन २०८२

नेशनल लाइफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कशप’ सम्पन्न

समयपोष्ट २०८१ कार्तिक २७ गते २१:०५

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ ३ दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कशप’ सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीको प्रशासनिक कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यसहित भैरहवास्थित होटल सिद्धार्थ भिलासामा गरिएको यस कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो।

अध्यक्ष सिंहले उद्घाटन मन्तव्यमा कम्पनीका सम्पूर्ण कर्मचारीलाई ब्रान्ड एम्बेसडरको रुपमा आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो। कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट प्रदर्शन गर्ने सातजना कर्मचारीलाई विशेष सम्मान र पुरस्कारसमेत प्रदान गरियो। सम्मानित हुनेमा अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाका मिलन थापा मगर, केन्द्रिय कार्यालयकी दिक्षा पनेरु, राजविराज शाखाकी प्रज्ञा आचार्य, र पाँचथर शाखाकी दिलकुमारी योञ्जन रहेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले दक्ष कर्मचारीबाट उत्कृष्ट परिणाम प्राप्त गर्न कम्पनीले सधैं लागिपर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले बीमा क्षेत्रमा बढ्दो सम्पत्ति शुद्धिकरणको जोखिमबारे सचेत गराउँदै कर्मचारीहरूलाई सतर्क रहन आग्रह गर्नुभयो।

प्रशिक्षणका क्रममा प्रशिक्षक अरनिको सिंहले जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याको पहिचान गर्दै समाधानका लागि खाका तयार पार्नुपर्ने बताए। यसै अवसरमा कर्मचारीहरूको दक्षता जाँच्न परीक्षा सञ्चालन गरिएको थियो जसमा बुटवल शाखाका प्रविण कुमार शर्मा, काठमाडौं शाखाका चक्र प्रसाद जोशी, र केन्द्रिय कार्यालयका दीपक मरासिनी क्रमशः प्रथम, द्वितीय, र तृतीय हुन सफल भए।

कार्यक्रममा फुटसल र म्यूजिकल चेयरजस्ता मनोरञ्जनात्मक खेल पनि आयोजना गरिएको थियो। फुटसलमा कोशी प्रदेश, केन्द्रिय कार्यालय, र बागमती प्रदेश क्रमशः प्रथम, द्वितीय, र तृतीय भएका थिए भने म्यूजिकल चेयरमा पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई किर्तिपुर, र अप्सरा खत्री गाईघाटले क्रमशः प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री