नेपाल एसबीआई बैंक र एईसी ग्लोबल नेपालबीच सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) र एईसी ग्लोबल नेपाल प्रा. लि. (एईसीसी) बीच शैक्षिक कर्जा सुविधा बढाउनका लागि सम्झौता हस्ताक्षर गरिएको छ।

Advertisement

बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल र एईसीसीका निर्देशक अजित सिंहले सम्झौतापत्र हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्रममा एनएसबीएल र एईसीसीका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

यस सम्झौताले शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रिया थप सहज र पहुँचयोग्य बनाउने उद्देश्य राखेको छ, जसले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई आर्थिक सहयोग प्राप्त गर्न सजिलो बनाउनेछ।

नेपाल एसबीआई बैंकले हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सुविधा, १२१ एटीएम र १ कार्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री