सनी लियोनीले छोराछोरीको उपस्थितीमा गरिन् दोस्रो विवाह
बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक विवाह गरेकी छन् । विवाहको १३ औँ वार्षिकोत्सवको अवसरमा सन्नीले माल्दिभ्समा पति ड्यानियल वेबरसँग दोस्रो पटक विवाह गरेकी हुन् । विवाहमा छोराछोरी निशा, नोआ र आशर मात्र उपस्थित थिए ।
भारतीय सञ्चार माध्यममा छापिएका खबरका अनुसार शिख परम्परा अनुसार विवाह गरेको १३ वर्षपछि सन्नी र डेनियलले श्वेत वेडिङ रोजेका थिए । दुईले आफ्नो वैवाहिक वाचा बन्धन फेरि दोहोर्याउन चाहेका थिए, तर आफ्ना छोराछोरीले यो समारोहको महत्त्व बुझुन् भनेर उनीहरूले कुरिरहेका थिए ।
दम्पतीले आफूहरू स्वयम्ले लेखेका वाचा पढ्दै तीनै जना छोराछोरीलाई आफ्नो लागि परिवारको महत्त्व के छ भन्ने बताएको पनि खबरमा भनिएको छ ।
डेनियलले सन्नीलाई नयाँ औँठी लगाइदिएका छन् । लामो समयसम्म डेटिङ गरेपछि सन्नी लियोनीले सन् २०११ को अप्रिल ९ मा डेनियल वेबरसँग विवाह गरेकी थिइन् । त्यसपछि दुवैले सन्नीको सिख परम्पराअनुसार बिहे गरेका थिए ।
प्रतिक्रिया