बिहीबार, १५ चैत २०८०

भारतमा नोटबन्दीले आईफोनको मार्केट बढायो ,तिन दिनमा एक लाख भन्दा बढी आईफोनको कारोवार

समयपोष्ट २०७३ मंसिर १४ गते ६:३५

 

Advertisement

भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि भारतिय बजारमा सुन अत्याधिक मात्रामा किनबेच भएको थियो । सुन पछि हाल भारतमा नोटबन्दीको फाईदा अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले लिएको छ । भारतिय समाचार माध्यमहरुका अनुसार अहिले भारतमा लेटेष्ट आई फोनको बिक्री एक्कासी बढेको पाईएको छ । नोटबन्दीको घोषणा सार्वजनिक भएको तिन दिनमै एक लाख भन्दा पनि बढी आईफोन भारतिय बजारमा बिक्री भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा कारोवारनै नहुने नोटबाट आईफोन खरीद गर्दा ब्यापारीहरुले केही दिन अगाडीको बिल बनाई ग्राहकहरुलाई बेच्ने गरेका थिए । यसको फाईदा ब्यापारी र ग्र्रहाक दुबैले भरपुर मात्रामा उठाएका छन् । भारतमा नोटबन्दी हुनुपुर्व आईफोनको बिक्रीमा निकै कमी आएको थियो । तर नोटबन्दी हुने बित्तिक्कै आईफोनको बिक्री  अत्याधिक र अस्वाभाविक रुपमा भारतिय बजारमा बढ्न गएको छ । धेरै अगाडीको बिल बनाएर बेच्न प्रकृया रोकिए पनि भारतिय मार्केटमा आईफोनले अहिले पनि बजार लिइनैरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री