बिहीबार, १५ चैत २०८०

वैदेशिक रोजगारीको विज्ञापन देखाई ठगी गर्ने प्रहरी नियन्त्रणमा

समयपोष्ट २०७३ मंसिर १३ गते ७:४५

रोजगारीका लागि विदेश पठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गरेर युवालाई ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Advertisement

दोलखा जिल्ला मागापौवा –२, हाल बौद्ध बस्ने दावा योञ्जनलाई आइतबार टेकुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा पोष्ट गरेर युवालाई ठग्ने गरेको प्रहरीले जनाएको छ । 

पीडितहरुलाई योञ्जनले फेसबुक मार्फत सम्पर्क गरेर मेनपावर कम्पनी मार्फत दुवईमा सेक्युरीटी गार्डमा पठाएको बताइएको छ । पीडित युवालाई फ्री भिषा, फ्री टिकेट भएपनि ५५ हजारसम्म लाग्ने भनी आकर्षक तलवको प्रलोभन देखाई ठगी गरेको प्रहरीको भनाई छ ।

उनले पासपोर्ट र तीन लाख ३४ हजार रुपैयाँ लिएर सम्पर्क बिहीन भएको भन्दै पीडितहरु तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तानर चन्द्र प्रसाद बस्नेत क्षेत्रीले महानगरिय प्रहरी अपराध महाशाखामा निवेदन दिएका थिए । 

निवेदन पछि प्रहरीले योञ्जनको खोजि गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री