शुक्रबार, १४ वैशाख २०८१

संघीय गठबन्धनको बैठक भोलि बस्दै ,संविधान संशोधनको विषयमा छलफल हुने

समयपोष्ट २०७३ मंसिर १२ गते ६:४४

संविधान संशोधनको तयारी ,मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य विविध विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।

Advertisement

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा सोमबार बस्ने बैठकले  संविधान संशोधनमा उठेका सवाल र गठबन्धनको धारणाका विषयमा छलफल गर्नेछ  ।

बैठकले संविधान संशोधनका विषयमा संघीय गठबन्धनको अडान के हो स्पष्ट पार्ने  र सरकारले आज दर्ता गर्ने भनिएको संशोधनमा के–के विषय छन् त्यसमा पनि समीक्षा हुने बताईएको छ ।

संशोधन प्रस्ताव दर्ता गराउन गठबन्धनले सरकारलाई दिएको अल्टिमेटम सकिन अब दुई दिन मात्र बाँकी छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री