बिहीबार, १३ वैशाख २०८१

दश प्रदेश माग गर्दै आदिवासी नेताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

समयपोष्ट २०७३ मंसिर १२ गते ६:२९

आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले१० प्रदेशको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

पद्मरत्न तुलाधर सहितको आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै १० प्रदेशको माग गरेका हुन् । 

टोलीले पहिलो संविधान सभाको राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशसहितको संशोधन प्रस्ताव दर्ता गर्न माग गरेको छ ।

प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यादेश दिई शक्तिशाली आयोग बनाएर सीमांकन लगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीहरुसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री