शनिबार, ८ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने

समयपोष्ट २०७३ मंसिर १२ गते ३:३४

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । 
कम्पनिको गत मंसिर ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनिले कर प्रयोजनका लागि १।१५ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । 
उक्त निर्णयलाई कम्पनिको साधारणसभा र बिमा समितिले पारित गर्नुपर्ने हुन्छ । कम्पनिको चालु आवको पहिलो त्रैमास बिबरण अनुसार ३ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ । बोनस सेयर बितरणपछि कम्पनिको चुक्ता पूजी ५३ करोड माथी हुनेछ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री