आज काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
बुधबार एक सुचना जारी गर्दै प्राधिकरणले बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।
त्यस्तै सोही समयमा कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्म, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत आपूर्ति प्रभावित हुनेछ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले हाल टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम गरिरहेको जानकारी दिएको छ। आयोजनाका अनुसार टेकु सबस्टेसनमा दोस्रो १ थान १३२/११ केभी, ४५ एमभीए ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण पनि भइरहेको छ।
सो स्थानमा रहेको ११ केभी हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने आयोजनाले बताएको छ। सो क्रममा टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको टेकु चःमती फिडर र टेकु ताहाचल फिडरमा विद्युत् सेवा बन्द हुने आयोजनाले जानकारी दिएको छ।
प्रतिक्रिया