बिहीबार, २० वैशाख २०८१

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा पुनः सञ्चालनमा

समयपोष्ट २०८० मंसिर १० गते १२:४१

Advertisement

आजदेखि रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा आएको छ ।

थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु सञ्चालनमा ल्याइएको हो । अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।

यसअघि २५ वटा बस सञ्चालनमा ल्याइएको थियो ।

सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।

Advertisement

अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।

जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री