बिहीबार, २० वैशाख २०८१

फोटोन हाइ रुफ १४ एण्ड १५ सिटर एभी भ्यान नेपालमा सार्वजनिक हुँदै

समयपोष्ट २०८० मंसिर ८ गते १६:१३

Advertisement

फोटोनको हाइ रुफ १४ एण्ड १५ सिटर एभी भ्यान नेपालमा सार्वजनिक हुने भएको छ ।

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईल्याण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवातपछि नेपालमा फोटोन हाइ रुफ १४ एण्ड १५ सिटर एभी भ्यान सार्बजनिक गर्न लागिएको जनाएको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ। कम्पनीले उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाडै सार्वजनिक गरिने जनाएको छ ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ ।

Advertisement

आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री