उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट
समयपोष्ट
२०८० मंसिर ८ गते ११:१९
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ शुक्रबार बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार १७ हजार ८ सय ४५ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर , एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो ।
प्रतिक्रिया