बिहीबार, २१ मंसिर २०८०

ग्रिन डेभलपमेन्ट बैंकको सिइओमा गुरुङ

समयपोष्ट २०८० मंसिर ४ गते १३:३०

Advertisement

गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् ।

दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य–अनुभव रहेका गुरुङलाई सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त गुरुङ वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित भएको बैंकको भनाइ छ । उनी यसअघि साइन रेसुंगा डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्यसम्पादन गरिसकेको उल्लेख छ ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री