शुक्रबार, ७ वैशाख २०८१

पुनर्निर्माणको लागि जनशक्तिको पर्याप्त व्यवस्था हुन सकेन

समयपोष्ट २०७३ मंसिर ८ गते १३:४५

भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय विकास अधिकारी (एलडीओ) हरुले जनशक्ति अभाव र नीतिगत अस्पष्टताका कारण पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेको बताएका छन् ।

Advertisement

भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय विकास अधिकारीसँग मन्त्रालयले बुधबार गरेको छलफलमा  जनशक्तिको पर्याप्त व्यवस्था हुन नसक्दा सरकारले राखेको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन् ।

उनीहरुले सरकारले बजेट परिचालन गरेपनि स्पष्ट नीतिको अभावमा काम गर्न अप्ठेरो परेको समेत  बताए । सरकारले काठमाडौं उपत्यकाबाहेक ११ जिल्लामा ५ लाख ३१ हजार ९ सय ६४ जना लाभग्राहीको पहिचान गरेको छ ।

त्यसैगरी उपत्यकाका तीन जिल्लामा ९ हजार ४ सय ७२ जा सेवाग्राहीको पहिचान भएको छ । पुननिर्माण प्राधिकरणले ४ लाख ९७ हजार ३ सय नौ जना भूकम्पपीडितसँग आर्थिक अनुदानका लागि सम्झौता समेत गरिसकेको कार्यक्रममा जानकारी गराइयो ।

 प्राधिकरणले हालसम्म पुननिर्माणका लागि २७ अर्ब ३२ करोड ८१ लाख १५ हजार रुपैयाँ खर्च गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री