बुधबार, ३२ असार २०८२

घुस डिल अडिओ प्रकरणः मन्त्री गुप्ताले दिए राजीनामा

समयपोष्ट २०८२ असार ३१ गते ११:४५


संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल अडिओ प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ता राजीनामा बोकेर मंगलबार बालुवाटार पुगेका थिए।

Advertisement

प्रधानमन्त्री ओलीले सोमबार मन्त्री गुप्तालाई बालुवाटार बोलाएर उक्त प्रकरणमा संलग्न व्यक्तिहरूबारे सोधपुछ गरेका थिए। सो क्रममा उनले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। बालुवाटार स्रोतका अनुसार, गुप्ताले मंगलबार राजीनामा बुझाएका छन्, जसलाई प्रधानमन्त्रीले स्वीकृत गर्ने तयारीमा छन्।

केही दिनअघि मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागेको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओमा गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पैसा लिएर काम नगरेको आरोप लगाएका थिए।

सार्वजनिक अडिओको सत्यतथ्य पुष्टि गर्न फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइसकिएको छ। साथै, यो प्रकरणको निष्पक्ष छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। अख्तियारमा घुस रकम राखिएका दुई झोला, नोट नम्बर, र बन्डलको फोटोसहित उजुरी परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री