बिहीबार, १३ वैशाख २०८१

एमाले बिदेशी पैसा र इसारामा संचालित : कानुनमन्त्री

समयपोष्ट २०७३ मंसिर ८ गते १०:३८

कानुनमन्त्री अजय शंकर नायकले एमाले बिदेशीको पैसा र इसारामा सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

Advertisement

बुधबार रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री नायकले एमाले पार्टी एनजीओ/आइएनजीओको नाममा बिदेशीको पैसा र इसारामा सञ्चालन भइरहेको आरोप लगाएका हुन् । नायकले बिदेशी पैसाको आडमा राष्ट्रवादी देखिन खोज्ने त्यस्तो राष्ट्रवादी मुहारले राष्ट्रियता बलियो बनाउन नसकिने समेत बताए ।

उनले प्रतिपक्षी दलको नाममा एमालेले राष्ट्रहित विपरित आफ्नो पार्टीको हितमात्र सोचेको आरोप लगाउँदै  भने, ‘एमालेको नक्कली राष्ट्रवादले देशलाई नै अन्यौलमा पार्न खोज्यो ।’

त्यस्तै  मन्त्री नायकले अंगिकृत नागरिकका बिषयमा मधेसी जनता र त्यहाँका दलका नेताहरु समेत सकारात्मक नभएको बताएका छन् । उनले भने, ‘अंगिकृतका पक्षमा मधेसमा पनि कोही छैनन्, केही दलाल नेताहरु लागेको भए निष्कृय पार्नुपर्छ ।’

उनले ठूला दलहरु इमान्दार भए मंसिर मसान्तभित्र निर्वाचनका लागि आवश्यक सबै ऐन आइसक्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री