बिहीबार, १३ वैशाख २०८१

उत्कृष्ट १५ करदाता पुरस्कृत, सवैभन्दा बढी कर तिर्ने कम्पनी सुर्य नेपाल , व्यक्ति सिद्धार्थ शमशेर जबरा

समयपोष्ट २०७३ मंसिर १ गते १४:११

आन्तरिक राजस्व विभागले विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ । आन्तरिक राजश्व विभागले पाचौं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई पुरस्कृत गरेको हो । 
सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपालले यस वर्ष आयकर, मुल्य अभिवृद्धि कर, र अन्तशुल्क कर गरी ११ अरब २५ करोड ८९ लाख रुपैया कर बुझाएको छ । यो रकम मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येबाट सबै भन्दा बढी रकम हो ।
निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्नेमा डाबर नेपाल, बढी कर तिर्ने  विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुरस्कृत भएका छन् ।
त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी,  बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक,  बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स  कर्पोरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेड पुरस्कृत भए । पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि,  व्यक्तिगतमध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा बढी कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री