बिहीबार, १३ वैशाख २०८१

‘राजश्व संकलन सन्तोषजनक छ’

समयपोष्ट २०७३ कार्तिक ३० गते १२:१३

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताहरुको संख्या पनि वृद्धि भैरहेको बताएका हुन् । उनले कर कार्यालय अहिले ३० जिल्लामा फैलिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई ७५ वटै जिल्लामा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए । 
महानिर्देशक शर्माले आर्थिक उदारीकरणसँगै करको दायरा पनि फराकिलो भएको भन्दै आगामी दिनमा यसलाई अझै विस्तार गरेर लैजाने कुरामा विभाग अत्यन्तै गम्भिर रहेको धारणा राखे । शर्माले अहिले राजश्व संकलन पनि सन्तोषजनक रहेको बताए । उनले कर चुहावट पनि नियन्त्रण भैरहेको जनाए । 
उनले सबै कुराको भर नै कर भएको भन्दै मुुलुकको समृद्धिको लागि पनि कर तिर्नुपर्ने धारणा राखे । उनले थपे,‘आर्थिक वर्ष ०७३÷७४मा ५ सय ६५ अर्ब राजश्वको लक्ष्य लिईएको छ, यो लक्ष्य पूरा गर्नकोलागि हामी काम गरिरहेका छौं ।’ उनले आन्तरिक राजश्वतर्फ २ सय ३४ अर्बको लक्ष्य भएपनि आफूहरुले यो भन्दा बढि नै हाँसिल गर्नेगरि काम गरिरहेको बताउँदै भने,‘हामी यो लक्ष्यभन्दा बढि नै हाँसिल गर्नेगरि काम गरिरहेका छौं ।’
पछिल्लो समय नेपालमा नवनिर्माण र पूर्ननिर्माणका कृयाकलापहरु बढ्दो अवस्थामा भएकोले राजश्व संकलनमा पनि यसले टेवा पुर्याउने उनको विश्वास थियो । उनले गत वर्षपनि ४ सय ७५ अर्बको लक्ष्यमा आफूहरुले ४८३ अर्ब संकलन गरेको जनाए । 
शर्माले भोलिदेखि मनाउने पाँचौ राष्ट्रिय कर दिवस ‘गौरवको साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ मूल नाराका साथ देशैभरि मनाउन गैरहेको जानकारी दिए । उनका अनुसार करसम्बन्धी जानकारी दिन मोवाईल एप्स, आईसिटी तथा अन्य प्रर्वद्धनात्मक कृयाकलापहरु बढाउने लगायतका कार्यक्रमहरुको समेत उद्धघाटन् गरिने जनाए । 
त्यस्तै उनले कर दिवसका अवसरमा भोलि विहान आन्तरिक राजश्व विभागबाट प्रभातफेरी निकालेर प्रज्ञा भवनमा विशेष कार्यक्रम हुने समेत जानकारी दिए । शर्माले विगतझैं यो वर्षपनि उत्कृष्ट करदाता तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाए । 
नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवालले संसारभरि नै करको महत्व अत्यन्तै प्रभावकारी रहेको भन्दै नेपालपनि यसको महत्व रहेको बताए । 
उनले करलाई प्रगतिशील बनाउन सबै क्षेत्रको उतिकै ठूलो योगदान रहेको भन्दै अझै देशैभरि करमैत्री वातावरण बनाउनुपर्ने धारणा राखे । 
उनले भने,‘अब करको दायरा बढाउनुपर्छ, कर तिर्ने भनेको उद्योगी तथा व्यापारीहरुले मात्रै तिर्ने हो भन्ने मानसिकता छ, अब यसलाई परितर्वन गर्नुपर्छ ।’ उनले जरिवानालाई परिमार्जन गर्दै शुल्क लिने व्यवस्था गर्न समेत माग गरे । 
उनले थपे,‘स–साना व्यापारीहरुलाई मार पर्छ ।’ कर प्रणालीवारे सचेतना फैलाउनको लागि अझै प्रभावकारी कदम चलाउनुपर्ने बताए । उनले कर तिरे वापत त्यसको अभिलेखीकरण गर्नुपर्ने समेत माग गरे । 
त्यस्तै कर विश्लेषक डा. रुप खड्काले उनले कर तिर्ने कुरा महत्वपूर्ण भएको भन्दै करदाताहरुको सहभागिता बढाउनुपर्ने बताए । 
खड्काले भने,‘संसारभरि नै यो चलन चलेको छ, करको आवश्यकत्ता छ ।’ उनले कर प्रणालीलाई सरल र सहजीकरण बनाउनुपर्नेमा जोडदिए । उनले आधुनिक कर प्रणाली सेल्फ असेसको रुपमा अघि बढिरहेको बताए । 
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालमा कर प्रणाली अन्तर्गत ट्याक्स नेटलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । अग्रवालले भने,‘समग्रमा नेपालको कर प्रणाली अहिले सुधार भएको छ, तर ट्याक्स नेट अझ तिव्र बनाउनुपर्छ ।’ 
उनले संकलित कर रकमलाई उत्पादनमुखी काममा खर्च गर्नुपर्नेतर्फ सरकारले सोच्नुपर्ने सुझाव दिए । उनले आर्थिक आकार बढे कर पनि बढ्ने भन्दै त्यतार्फ समेत ध्यान दिनुपर्ने बताए । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री