शुक्रबार, १६ चैत २०८०

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

समयपोष्ट २०७३ कार्तिक ३० गते १:५६

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् ।

Advertisement

राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्पले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रबासीलाई अमेरिकाबाट निकाल्ने बताएका हुन ।

चुनावी क्रममै ट्रम्पले आफू विजयी भए पहिलो काम नै आप्रवासी हटाउने रहेको बताएका थिए । गत ८ नोभेम्बरमा ट्रम्प ४५ औं अमेरिकन राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । उनले डेमेक्रयाटिककी हिलारी क्लिन्टनलाई हराएका थिए ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री