शुक्रबार, १६ चैत २०८०

मेलम्चीको पानी छिट्टैनै राजधानीबासीको घर घरमा,३२ हजार घरमा धारा जडान सकियो 

समयपोष्ट २०७३ कार्तिक २५ गते ७:२९

मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले मेलम्चीको पानी वितरण गर्न ३२ हजार घरमा धारा जडान भइसकेको जनाएको छ ।

Advertisement

मेलम्ची खोलाबाट करिब २७ किमि सुरुङ हुँदै ल्याइने पानी राजधानीबासीका घर–घरमा पुर्याउन हाल पाइप बिच्छ्याउने काम भइरहेको छ। पीआईडीले हालसम्म ४ सय २५ किमि पाइपलाइन बिछ्याइ सकेको जानकारी दिएको छ ।

उपत्यकाभित्र ५२ किमि थोक वितरण प्रणालीसहित पानी वितरणका लागि करिब ७ सय किमि पाइपलाइन विस्तार गर्नुपर्नेछ ।

यसमध्ये करिब २० किमि फलामे (डक्टाइल आइरन–डीआई) र बाँकी पोलिथिन (एचडीपीईपी–१००० )पाइपलाइन बिच्छ्याइएको पीआईडी ले जनाएको छ  । 
पीआईडीले सुरुङ निर्माण सम्पन्न हुनेबित्तिकै मेलम्चीको पानी वितरणका लागि तयारी अवस्थामा रहन उपत्यकाका विभिन्न ठाउँमा पानीपोखरी निर्माणको कामसमेत गरिरहेको छ । 

पहिलो चरणमा निर्माण भइरहेका ६ वटा पानीपोखरीको काम पनि करिब पूरा हुने चरणमा रहेको पीआईडीले जनाएको छ  । 


पीआईडीले वितरण सञ्जाल तथा सुधारको काम  करीब ६३  प्रतिशतसम्म सम्पन्न गरिसकेको छ । । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री