शुक्रबार, १४ वैशाख २०८१

डोनाल्ड ट्रम्प र भारतिय प्रधानमन्त्री मोदी बिच यस्ता छन् समानता ,जसले दुवैलाई बनाउँनसक्छ नजिक 

समयपोष्ट २०७३ कार्तिक २४ गते ११:३८


डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औ राष्ट्रिपतिमा निर्वाचित भईसकेका छन् । भारतिय प्रधानमन्त्री मोदीले पनि एक ट्विट मार्फत अमेरिकी प्रेसिडेण्टलाई बधाई दिइसकेका छन् । यति मात्र होईन भारतिय प्रधानमन्त्री मोदी र ट्रम्प बिच यस्ता कर्यौ समानताहरु पनि छन् जसले यि दुईलाई नजिक ल्याउँन सक्छ । 
 
जित हासिल गरेपछि विरोधिहरुको तारिफ गर्नसक्नु

Advertisement

मोदी

-सन् २०१४ मा भारतिय प्रधानमन्त्री मोदीले मनमोहन सिंहको तारिफ गरेका थिए । 

-प्रधानमन्त्रीको कुर्सिमा बस्नु अघि मोदीले तत्कालिन प्रधानमन्त्रीको घरमा गएर कुराकानी गरेका थिए ।

ट्रम्प
-ट्रम्पले  बुधवार जीत हासिल गरिसके पछि सबैभन्दा पहिले हिलारीको बारेमा कुरा राखेका थिए । हिलारीलाई सम्बोधन गर्दै भने – हिलारीले मलाई फोन गरेकी थिईन् ,हामी सबैलाई बधाई दिईन् । विदेश मन्त्री बनेर उनले गरेका कामलाई यो देशले सम्झिरहने छ । 

अरु देशहरुसंगको सम्बन्ध
मोदी

– मोदीले शपथ ग्रहण समारोहमा सार्क  राष्ट्रका नेताहरुलाई आमन्त्रित गरेका थिए । 
– नवाज शरीफ समेत सो कार्यक्रममा सहभागि भएका थिए ।
 ट्रम्प
-कुनै देश अथवा कुनै ब्यक्तिसंग दुश्मिनी राख्ने छैन ,अमेरिकालाई फेरी महान् राष्ट्र बनाउँछु  

सबैसंग कुराकानी गरे 
मोदी
– सबैको साथ र सबैको विकासको नारा दिए ,जाति धर्मको बद्ला राष्ट्रलाई प्राथमिकता दिने बताए ।
 ट्रम्प
-जित हासिल गरेपछि  रिपब्लिकन,डेमोक्रेट सबैको राष्ट्रपति भएको बताए । सबैलाई साथ लिएर जाने चहाना रहेको प्रष्ट पारे। 

अगाडीको सोच 
मोदी
-फरेन पोलिसी होस् अथवा  कोहि नेतासंग भेटघाट गर्न होस् उनी पहिले हात अघि बढाउँछन् ।

 ट्रम्प
-क्याम्पेनमा फरेन पोलिसिलाई राम्रो बनाउँने बताएका छन् । पर्सनल लेवलमा उनको कनेक्सन राम्रो छ ।  

चुनावी नारा 
मोदी
-लोकसभा चुनावको क्रममा  अबकी बार मोदी सरकार  भन्ने नारा दिएको थियो  ।
ट्रम्प
– ट्रम्पका सपोर्टर्सहरुले  अमेरिकामा अबकी बार, ट्रम्प सरकार भन्ने  क्याम्पेन चलाईसकेका छन् । 
 

 जनसेवाको कुरा 
मोदी
-पीएम  होईन कि देशको प्रधानसेवक बनेर काम गर्ने बताएका थिए ।
ट्रम्प
– जीत हासिल गरेपछि ट्रम्पले भने नागरिक बनेर नागरिकको सेवा गर्छु।

नयाँ आयाममा नजर
मोदी
– सिद्धान्त ,मुल्य र मान्यताको बलमानै २१ औ शताब्धिलाई भारतको शताब्धि र विश्व गुरु बनाउँछु ।
ट्रम्प
– आफ्नो आदर्शको ख्याल गर्दै अमेरिकालाई फेरि ग्रेट बनाउँछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री