बिहीबार, १३ वैशाख २०८१

दुई दशकपछि मूर्ति स्थापनाका लागि कलशयात्रा

समयपोष्ट २०७९ मंसिर १० गते १६:३०

Advertisement

सप्तरीको राजविराज नगरपालिका–५ स्थित पञ्चमुखी बजरङ्गबली मन्दिरमा १९ वर्षपछि मूर्ति स्थापना गरिने भएको छ ।

भारतबाट ल्याइएको शङ्खमरमरको बजरङ्गबलीको मूर्ति रामजानकी विवाहपञ्चमीका अवसर परेर मङ्गलबार मन्दिरमा स्थापना गरिने भएको छ । पञ्चमुखी बजरङ्गबली मन्दिरमा प्राण प्रतिष्ठा एवम् मूर्ति स्थापनाका लागि आज सयौँको सङ्ख्याले राजविराजमा कलशयात्रा निकालिएको छ ।

पञ्चमुखी बजरङ्गबली मन्दिर निर्माण एवम् प्रतिमा स्थापना समितिका अनुसार सोमबार पूजापाठ र मङ्गलबार मूर्ति प्रतिमा स्थापना गरिने छ । उक्त मूर्ति दुई दशकदेखि स्थानीय सत्यनारायण चौधरी घरमा राखिएको छ ।

भारत, राजस्थानको राजधानी जयपुरबाट २०६० सालमा पञ्चमुखी हनुमानको प्रतिमा ल्याइएको हो । राजबिराज नगरपालिकाका तत्कालीन नगर प्रमुख जगरनाथ दासले २०५५ सालमा मन्दिर शिलान्यास गरी रु ५० हजार सहयोग गर्नुभएपछि स्थानीयको सहयोगमा मन्दिर निर्माण कार्य भएको हो । मन्दिरको स्तरोन्नतिका लागि पूर्वमन्त्री स्व मिथिला चौधरीले रु १२ लाख हयोग गर्नुभएको उहाँका छोरा अभिनव चौधरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री