शनिबार, १५ वैशाख २०८१

बार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकद्धारा क्रेडिट कार्ड सेवा शुभारम्भ

समयपोष्ट २०७९ मंसिर ७ गते १९:५३

Advertisement

गरिमा विकास बैंक लिमिटेड बुधवार १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ ।

सो अवसरमा बैंकले आज क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । आजै बैंकले रक्तदान कार्यक्रमको समेत आयोजना गर्यो ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनी(म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुमा रक्तदानको आयोजना गरेको हो ।

यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

बैंकले हाल रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री