दाङ-२ मा सुर्य चिन्ह्मा छाप लगाईएका हस्ताक्षर नभएका मतपत्र फेला

दाङ क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र फेला परेका छन् ।

Advertisement

माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।

यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।

हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री