शनिबार, ८ वैशाख २०८१

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्धारा लाभांस प्रस्ताव पारित

समयपोष्ट २०७९ मंसिर २ गते १८:१४

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभाले लाभांस प्रस्ताव पारित गरेको छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभाले ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको हो ।

सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।

आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोेछ ।

त्यसै गरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको बृद्धि हासिल गरेकोछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री