शबाना आजमी नेपाल आउँदै


भारतीय सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् ।

आगामी मंसिर ९ गते सुरु हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को उद्घाटनमा विशेष अतिथिको रुपमा रुपमा सहभागी हुन शबाना काठमाडौं आउन लागेकी हुन् ।

Advertisement

आजमीले थिएटर कलाकारहरूलाई मास्टरक्लास दिने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ । मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुने छ ।

आजमी १९७० को दशक देखि कला क्षेत्रमा सक्रिय भारतकी प्रसिद्ध अभिनेत्री हुन् । उनलाई भारतका दुई सर्वोच्च नागरिक सम्मान पद्मश्री र पद्मभूषणबाट सम्मानित गरिएको छ।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश हुने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री