बिहीबार, १३ वैशाख २०८१

पुर्व जनमुक्ति सेनाका लडाकु गायनमा हिट बन्दै (म्युजिक भिडियो) सहित 

समयपोष्ट २०७३ कार्तिक २१ गते १०:३८

गाउँछु म शेर्पाली सेलोमा गीत
कोहि छ कि लाउँने माया र प्रित
अकबरे खुर्सानी पिरो छ
हेर हेर सोल्टिनी फर्केर 
शेर्पाको छोरो नि हिरो छ ।

श्रोताहरुलाई नचाउँने यो सेलोले आजकाल बजार निकै नै तताएको छ । भर्खरै मात्र रिलिज भएको यस गितका गायक हुन् सिन्धुपाल्चोक फुल्पिङकटी पागेपका गोन्पो शेर्पा । साढे दुई बर्ष सम्म साउदी अरबमा श्रम पोखेर आएका शेर्पालाई आजकाल स्टेज प्रोग्रामहरुमा भ्याई नभ्याई छ । एउटै गितबाट चर्चामा आएका उनी पुर्व जनमुक्ति सेनाका सेक्सन भाईस कमाण्डर समेत हुन् ।

Advertisement

ggसोही गितको लागि स्टेज र्फमेन्स दिदा दिदा बेफुसर्दि बनेका उनलाई देश विदेशबाट समेत निम्तो आईसकेको छ । 
बाल्यकाल देखि नै गायनमा रुचि भएका शेर्पा आर्थिक अभावका कारण गायन क्षेत्रमा लाग्न सकेका थिएनन् । आफ्नो बाल्यकालको सपनालाई मुर्त रुप दिन उनलाई अन्तमा सघायो साउदीको रियालले । साढे दुईबर्ष पछि उनको गायन क्षेत्रमा प्रवेश गर्ने बाटो उनले आफैले कोरेका छन् र आजको दिनसम्म आईपुग्दा सफल भएको शेर्पा बताउँछन् । 


‘मलाई बच्चा बेला देखिनै गीतगाउँन एकदम मनपथ्र्यो । म साच्चैनै गायक त्यतिबेला बन्छु भन्ने लाग्यो जब साउँदीमा मसंगै बस्ने साथीहरुले मेरो स्वरको खुलेर तारिफ गरे, उनले भने ‘ एक हिसाबमा भन्नुपर्दा गायन क्षेत्रमा प्रवेश गर भनेर ढक्डकाउँने उनीहरुनै थिए । आजको दिनसम्म आईपुग्दा मेरो गीतले जुन चर्चा पाएको छ म एकदमै खुसी छु ।’
सेलोबाट डेब्यु गरेका शेर्पाको आगामी योजना सबै किसिमको गितहरुमा आफ्नो आवाज भर्ने रहेको छ । अबको ढेड महिना भित्र शेर्पा अर्को सेलो लिएर आउँने योजनामा छन् । 

आजकाल शेर्पाको सो सेलो युट्युबमा निकैनै हिट भएको छ । एक हप्तामै  सोह्र हजार भन्दा बढी भियोर्सहरुले यो गीत हेरिसकेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :  https://www.youtube.com/watch?v=5JUX8ffJmjs&feature=youtu.be

प्रस्तुती : रोशन घिमिरे 

प्रतिक्रिया

सम्बन्धित सामाग्री