बुधबार, १२ वैशाख २०८१

पोखरा पुगेर मुखर्जीले भने, ‘नेपालमा पाएको सम्मान र सत्कारले मन छोयो’

समयपोष्ट २०७३ कार्तिक १९ गते १२:०६

नेपालको तिन दिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले पोखरामा भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भ्रमणका क्रममा पाएको सम्मान र सत्कारले आफ्नो मन छोएको बताएका छन् ।

Advertisement

बुद्ध एयरको विमानबाट जनकपुर हुँदै पोखरा पुगेका राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक खगराज बराललगायत उच्च सरकारी अधिकारीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति मुखर्जी पोखरा पुग्दा त्यहाका नागरिकले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री