शनिबार, १५ वैशाख २०८१

जान्नुहोस कुन काम गर्दा कुन दिशा हुन्छ शुभ । 

समयपोष्ट २०७३ कार्तिक १९ गते ८:१६

 

Advertisement

हरेक दिशाको सम्बन्ध कुनै न कुनै खास उर्जासंग जोडिएको हुन्छ । वास्तु अनुसार कामको दिशा हाम्रो सफलता असफलताको कारण हुनसक्छ । बास्तु अनुसार हरेक कामका लागि एक निश्चित दिशाको महत्व रहेको हुन्छ । वास्तुका यि नियमहरु पालना गर्दा काममा सफलता मिल्ने र नोक्सानको भय हुदैन।

 १.लेखपढ गर्दा विद्यार्थीको अनुहार पुर्व सधै दिशातर्फ फर्केको हुनुपर्छ । 

२.घरमा पूजा गर्दा पुजा गर्ने ब्यक्तिको अनुहार पश्चिम दिशातर्फ फर्किनु शुभ मानिन्छ ।

३.अफिस अथवा पसलमा काम गर्दा अनुहार उत्तर दिशातर्फ फर्किएको हुनुपर्छ । यसले काममा सफलता मिल्छ ।

४.खाना बनाउँदा खाना बनाउँनेको अनुहार पूर्व अथवा उत्तर पुर्व दिशातर्फ फर्किदा राम्रो मानिन्छ । 

५.खाना खाँदा अनुहार पुर्व अथवा उत्तर दिशातर्फ फर्किएको हुनु शुभ मानिन्छ । यसले शरीरमा खानाबाट प्राप्त हुने  सबै उर्जा प्राप्त हुन्छ ।

६.कुनै पनि नयाँ कामको सुरुवात उत्तर दिशातर्फ अनुहार फर्काएर सुरुवात गर्दा राम्रो मानिन्छ । उत्तर दिशालाई सफलताको दिशा मानिन्छ ।

७.घरमा टि .भी यस्ता ठाउँमा राख्नुपर्छ जसले गर्दा हेर्ने मानिसको अनुहार दक्षिण अथवा उत्तर दक्षिण दिशातर्फ फर्किएको होस । 

८.घरको मुख्य द्धार उत्तर अथवा दक्षिण दिशातर्फ फर्किएको नबनाउँदा राम्रो मानिन्छ । सो दिशातर्फ बालकोनि हुनु पनि शुभ मानिदैन ।  यदि द्धार छ भने त्यसलाइृ सधै पर्दाले छोपेर राख्नुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री