शुक्रबार, १४ वैशाख २०८१

भारतमा एकाएक चर्चित बनेकी नेपाली युवती 

समयपोष्ट २०७३ कार्तिक १८ गते ७:०५


भारतमा एकाएक एक नेपाली युवती  चर्चामा आएकी छिन् । ती युवतीको बजारमा तरकारी बेच्दै गरेको र पुलमा तरकारी बोकेर हिंड्दै गरेको दुई तस्बिर एकाएक सामाजिक संजालमा भाइरल भएपछि उनी यतिबेला चारैतिर चर्चाको विषय बनेकी हुन् । चर्चासंगसंगै उनको परिचय पनि खुलेको छ । 

Advertisement

 गोरखाको भुम्लि चोक गाविस वाङ्लिङ घर भएकी ति युवतीको नाम कुशुम श्रेष्ठ हो । उनी कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी हुन् । कुशुम बाबु चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् । 

भाईरल बनेको तस्बिर गत शुक्रवार मात्रै गोरखा र चितवनको बीचमा रहेको त्रिशूली नदीस्थित फिस्लिङ झोलुङ्गे पुलमाथि पर्यटन व्यवासायी रुपचन्द्र महर्जनले खिचेका हुन् ।उनैले  सो तस्बिर  फेसबुकमार्फत सार्वजनिक गरेका थिए । तस्बिर एकाएक सामाजिक संजालमा भाइरल भएपछि उनी यतिबेला चारैतिर हिट छिन् ।भारतीय मिडियामा उनको सुन्दरता र मेहनतको तारिफ गर्दै समाचारहरु आएका छन् ।जसका कारण यसले नेपालमा समेत तरंग पैदा गरेको छ ।
भारतीय सञ्चारमाध्यम, ट्वीटर प्रयोगकर्ताहरुले उनको बारेमा प्रशंसाको फूल बर्साइरहेको जनाएका छन् । उनको सरलपना, सुन्दर अनुहार र मिलेको शरीरका कारण उनलाई आदर्श युवतीको संज्ञा पनि दिइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

केही हप्ता अघिसम्म (माइक्रब्लगिङ्ग साइट) ट्विटरमा पाकिस्तानका निलो आँखा भएका एक चियावाला अरसद खान छाएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री