शुक्रबार, ७ वैशाख २०८१

भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भब्य स्वागत, संबिधान जारी गरेकोमा मुखर्जीले दिए नेपाली जनता र संबिधानसभालाई बधार्इ

समयपोष्ट २०७३ कार्तिक १७ गते १३:०१

१८ बर्षपछि भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आएका छन । बुधवार मध्यान्ह सवा १२ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पुष्पगुच्छाले स्वागत गरेकी थिइन । 
नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उपस्थित थिए । मुखर्जीको सम्मानमा नेपाली सेनाको टुकडीले २१ तोपको सलामी अप्रर्ण गर्यो । बिमानस्थलको सम्मानपछि  राष्ट्रपति भवन शितल निवाससम्म दुई देशका राष्ट्रपतिले सँगै यात्रा गरेका थिए । दिँउसो १ बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति बिद्यादेखि भण्डारी र प्रणव मुखर्जीबीच दुईदेशको हित तथा आपसी सम्बन्धबारे औपचारिक छलफल भयो । छलफलमा राष्ट्रपति मुखर्जीले नेपालको संबिधान जारी भएकोमा नेपाली जनता र संबिधानसभालाई बधाइ ज्ञापन गरे । त्यसअवसरमा दुई राष्ट्रपतिबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 राष्ट्रपति भण्डारीसँगको औपचारिक छलफलपछि राष्ट्रपति मुखर्जी नेपालस्थित भारतीय दुताबासले आयोजना गरेको दिवाभोजमा सहभागी भए । नेपाल भारतका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग अनौपचारिक छलफल गरे ।त्यसपछि उनी होटल सोल्टीमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रीभोजमा सहभागी भए । सोल्टीमा नेपालका प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहहरुसँग अनौपचारिक भेटघाट तथा छलफल गरे ।

Advertisement

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा हुने सवारीमा पनि उच्च सुरक्षा सर्तकता अपनाइएको छ । राष्ट्रपति मुखर्जीका लागि सरकारले ३ तहको सुरक्षा ब्यवस्था गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षाको काम गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग पनि उनको सुरक्षामा खटिएको छ । स्थलमार्गका साथै राष्ट्रपति मुखर्जी हिड्ने रुटमा स्थल तथा हवाईमार्गबाट समेत सुरक्षा गस्ति भइरहेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री