शुक्रबार, १६ चैत २०८०

महिन्द्राको ट्रियो इलेक्ट्रिक थ्रीह्‍वीलर नेपाली बजारमा

समयपोष्ट २०७८ मंसिर ८ गते १५:१७

Advertisement

महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर नेपाली बजारमा ल्याएको छ ।

महिन्द्राले ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट आठ लाख ४० हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।

महिन्द्राले यो गाडी भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण गर्दै आएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्ने कम्पनीले जनाएको छ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने दाबी कम्पनीको छ।

महिन्द्रा ट्रियो १० हजारभन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो।
ट्रियो विद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो दुई हजार ७३ मिलिमिटर व्हीलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।

यात्रा सहज बनाउन ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको बताइएको छ। यो सवारीसाधनमा हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ।

पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत पर्ने जनाएको छ। दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम एक सय रुपैयाँभन्दा कम, फूल चार्ज गर्न आठ युनिटलाग्नुका साथै फुल चार्जमा १२० किमी गुड्ने कम्पनीले जनाएको छ।

ट्रियो इलेक्ट्रिक थ्री–ह्विलरमा ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क रहेको बताइएको छ। यस्तै, बुस्ट मोडअन्तर्गत आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिडमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर कुद्ने जनाएको छ।

आइपी ६७ रेटिङका कारण थ्री–ह्विलरलाई धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्ने बताइएको छ। ब्याट्रीको आयु एक लाख ५० हजारभन्दा बढी किलोमिटर ब्याट्रीको आयु रहेको कम्पनीले जनाएको छ।

घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिने छ। थ्री–ह्विलर नीलो र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किमी वारेन्टीसहित उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री