आई. एम. ई. लाईफको पुनर्वास नगरपालिकामा शाखा बिस्तार
पुनर्वास नगरपालिकामा आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको छ ।
कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आई. एम. ई लाइफ इन्श्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गर्नुभयो ।
सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताउनु भयो ।
उक्त शाखाबाट सुदुर पश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आई. एम. ई लाईफ इन्श्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनि बिश्वस्त रहेको कुरा कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले बताउनु भयो ।
चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागेको आई. एम. ई लाईफ इन्श्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा संचालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।
प्रतिक्रिया