बिहीबार, २३ असोज २०८२

बीमा दाबी द्रुत गतिमा गर्दै शिखर इन्स्योरेन्स, छोटो समयमा ३० करोड भुक्तानी

समयपोष्ट २०८२ असोज १० गते १८:३७

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन जी आन्दोलनका कारण भएको सम्पत्ति क्षतिको बीमा दाबी फछ्यौटमा आफ्नो ग्राहकमैत्री सेवा र द्रुत भुक्तानीको प्रतिबद्धता कायम राख्दै आएको छ। कम्पनीले भदौ २३ र २४ गते भएको क्षतिमा ४० भन्दा बढी विमितहरूलाई छोटो समयमै करिब ३० करोड रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ।

राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्री बन्ने प्रतिबद्धता अनुरूप, शिखर इन्स्योरेन्सले विमित ग्राहकहरूले भोगेका कठिनाइमा तत्काल राहत प्रदान गर्न र राष्ट्रको आर्थिक गतिविधिलाई गतिशील बनाउन दाबी भुक्तानी प्रक्रियालाई छिटो, सहज, र पारदर्शी बनाएको छ। कम्पनीले सरलीकृत दाबी प्रक्रिया, डिजिटल सेवा, दाबी सहायता डेस्क, र द्रुत अनुगमन सेवा मार्फत ग्राहकहरूलाई सहयोग गर्दै आएको छ। साथै, कम्पनीका सर्भेयर र कर्मचारीहरूले क्षति मूल्यांकनमा प्रत्यक्ष सहजीकरण गरिरहेका छन्।

शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भूकम्प र गत वर्षको बाढीका कारण भएको दाबी भुक्तानीमा समेत पारदर्शी र छिटो सेवा प्रदान गरी अग्रणी स्थान बनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन डिजिटल प्रणाली र सहायता डेस्क सञ्चालन गरेका छौं। हाम्रा सर्भेयर र कर्मचारीहरूले ग्राहकलाई प्रत्यक्ष सहयोग पुर्‍याउँदै आएका छन्।”

आगामी दिनमा पनि शिखर इन्स्योरेन्सले ग्राहकको विश्वासलाई थप मजबुत बनाउन र प्रतिकूल अवस्थामा प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले हरेक चुनौतीपूर्ण परिस्थितिमा ग्राहकमैत्री र द्रुत सेवा मार्फत आफ्नो पहिचान कायम राख्ने लक्ष्य राखेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री