शुक्रबार, १४ वैशाख २०८१

भाटभटेनीमा नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’ सञ्चालनमा

समयपोष्ट २०७८ कार्तिक २२ गते १०:३६

Advertisement

काठमाडौँको टंगालस्थित भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ सञ्चालनमा आएको छ ।

आइतबारबाट सञ्चालनमा आएको उक्त भर्टिकल पार्किङमा ४४ वटा गाडी अटाउछन् । निर्माण सुरु भएको तीन महिनामै उक्त पार्किङ तयार गरिएको हो । करीब करिब चार आनामा बनेको उक्त पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरे।

चिनियाँ प्रविधिमा तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका थिए । पार्किङको समस्याले गर्दा यस्तो स्मार्ट पार्किङ निर्माण गर्नुपरेको भाटभटेनीले जनाएको छ ।

हाइड्रोलिक सिष्टमबाट सञ्चालित ‘स्मार्ट पार्किङ’ले पार्किङमा देखिएको समस्या तत्कालका लागि समाधान हुने भाटभटेनीले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले भने,“गाडी पार्किङस्थलमा पुगेपछि कार्ड प्राप्त हुन्छ, कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर गाडी पार्किङ हुन्छ । पछि स्क्यान गरेपछि गाडी तल झर्छ । यसमा कुनै झञ्झट हुँदैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री